arrow

देशको निराशा चिर्दै युवा पुस्तालाई जागृत गर्नुपर्छ: पर्यटनमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
badri-pandey-05.jpg

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ जन्मोत्सवको अवसरमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवा पुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताए।

मन्त्री पाण्डेले 'केही हुँदैन यो देशमा' भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै साहित्यको माध्यमबाट समेत उनीहरूमा जागरण ल्याउन जरुरी रहेको बताए। उनले नेपालमा गृहयुद्ध वा बाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे।

"नयाँ पुस्तालाई अहिले जगाउनु एकदमै जरुरी छ। उनीहरू पलायन हुने मनस्थितिमा छन्। हामीले बडो निराश बनाएका छौँ। 'केही हुदैन यो देशमा' भनिरहेका छौँ। यो निराशालाई चिर्ने कुरामा हामीले नयाँ पुस्तालाई जागृत गर्न जरुरी छ," उनले भने।

मन्त्री पाण्डेले नेपाल कुनै युद्धको चपेटामा नपरेको र कुनै देशसँग शत्रुता पनि नरहेको बताए। उनले भने, "खालि हामीले उनीहरुसँग डिल गर्न मात्रै जान्नुपर्यो। नहुने कुरा हुन सक्दैन भन्नुपर्‍यो र हुने कुरा हार्दिकतापूर्वक हुन्छ भन्नुपर्‍यो।"

उनले नेपालसँग धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको बताए। नेपालको भूगोल, जल र वन सम्पदाहरूको सदुपयोग गर्नका लागि समन्वयात्मक क्षमता वृद्धि गर्न जरुरी रहेको उनको भनाइ थियो। यसका लागि राजनीतिक दल, राजनीतिज्ञलगायतलाई जागृत गर्न यस्ता कवि गोष्ठीहरू महत्त्वपूर्ण हुने मन्त्री पाण्डेले औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ