सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगल भन्ने ठाउँमा किसानले रोपाइँ गरेका छन् । मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा अझै पनि परम्परागत रुपमा गोरुको प्रयोग हुँदै आएको छ ।
देशका धेरै ठाउँमा अहिले कृषि कर्मका लागि मेसिन प्रयोग हुन थाले पनि कतिपय ठाउँमा परम्परागत तरिका नै अपनाउँदै आइएको छ ।