महाकाली नदीमा पानीको बहाव बढ्यो: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
631
Shares
तस्बिर फाइल
दोधारा चाँदनी (कञ्चनपुर)। लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेका कारण शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइने र शनिबार पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागले यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।