arrow

नाटक

बच्चाको चाहना

logo
सुनीता ज्ञवाली,
प्रकाशित २०८२ असार २१ शनिबार
sunita-gyawali-82-3-21.jpg

(विद्यालयमा) बिसन: रितू ! आज त ममीले मलाई पास्ता बनाएर ख्वाउनुहुन्छ नि। 

रितू: हो र ? मलाई त खिर। अनि कृष्टिना ! तिमीलाई नि ?

कृष्टिना: खै !

(छुट्टीको घन्टी बज्छ) ।

.............................

(कृष्टिना घरमा आउँदा ममी फेसबुकमा मस्त) ।

कृष्टिना: ममी! म आएँ । 

ममी: ए हो, ल ल ड्रेस फेर। कृष्टिना: अनि मलाई खाजा छैन ?

ममी: यो फोटोमा कति थोरै लाइक आको होला। (फोनको घन्टी बज्छ) हेलो! म निस्किहालेँ है?

कृष्टिना: ममी ! कता निस्कन लाग्नुभको ? साथीहरूलाई त उनीहरूको ममीले आफैँले खाजा बनाएर ख्वाउनुन्छ रे, मलाई भने न ड्रेस, न त ड्रेसको जुत्ता नै किन्दिनुहुन्छ, आफू भने यस्तो राम्रो सेन्डल लगाएर हिँड्नुहुन्छ  धन्न सर-मिसले दिनुभयो। 

ममी: सर-मिसले दिन्छन् त मैले किन पैसा खर्च गर्नु पर्यो ? नानू ! मलाई टेन्सन नदेऊ त। खाजा चाहियो ? के खान्छ्यौ, मम ?  लौ पैसा ऊ त्यो होटलमा गएर खाऊ । अनि सुन ! आज म आउँदा ढिलो हुन्छ, होम वर्क गरेर बस है । म उतैबाट खाना ल्याइदिन्छु नि ।

कृष्टिना: प्लिज ममी नजानु न। आजको होम वर्क त हजुरले नै सिकाइदिने छ क्या।

ममी: छोरी अब चाहिँ मलाई रीस उठ्यो है । होम वर्क मैले सिकाउनुपर्ने भए तेरा टिचरहरू चाहिँ के गर्छन् रे त ? चुप लागेर बस्, गएँ म। 
...................................
(भोलिपल्ट विद्यालयमा) डिल्ली: गुड मर्निङ क्लास स्टुडेन्टस्... गुड मर्निङ सर...।

डिल्ली: सिट डाउन प्लिज । 

विद्यार्थीहरूः थेङ्क्यु सर।

डिल्ली: सबैले होम वर्क गर्यौ त ? 

विद्यार्थीहरू: गर्यौँ सर। डिल्ली- ल निकालेर डेस्कमाथि राख है ?

(टिचर होम वर्क चेक गर्दै कृष्टिना भएको ठाऊँमा पुग्नुहुन्छ) डिल्ली: कृष्टिना !  तिम्रो होम वर्क खै नि ?

(कृष्टिना घोप्टिएर रुन थाल्छिन्) तिमीहरू पढेर बस्दै गर है एकैछिन !

(टिचर प्रिन्सिपल श्रृशाको अफिसमा पुगेर) डिल्ली: एक्सक्युज मी मिस एउटा कुरा गर्नु थियो ।

शृशा: हजुर भन्नुस न्।

डिल्ली: मिस! क्लास थ्री कि न्यु स्टुडेन्ट कृष्टिना! अलि अर्कै छिन् । न होम वर्क गर्छिन् न त एक्टभ नै देखिन्छिन् । खाली टोलाएर बस्छिन्। 

शृशा: ओहो हो र ? ल सर उनको प्यारेन्ट्सलाई फोन गरेर स्कुलमा बोलाउनु पर्यो । 
.......................................
ममी: नमस्कार मिस !

शृशा: नमस्कार! बस्नुस्, न

ममी:मलाई किन बोलाउनुभा होला मिस ? 

शृशा: पहिला बस्नुस् न, हजुरसँग केही कुरा गरौँ कि भनेर। कृष्टिना हजुरकी आफ्नै छोरी हुन् ? 

ममी: हजुर मिस, किन र ? 

शृशा: उनि घरमा कस्ती छिन् ?

ममी: कस्ती हुनु र मिस। खाली होमवर्क सिकाइदिनु, खाजा हजुरले नै बनाइदिनु, मलाई पनि घुमाउन लैजानु भनेर हैरान पार्छे भन्या। 

शृशा: आहा! हो र ? कस्तो राम्रो ? अनि हजुरले उनको इच्छा पूरा त गरिदिनुहुन्छ नि ?

ममी: मिस पनि के कुरा गर्नुहुन्छ ? मान्छे कति बिजि छ।

शृशा: कसको लागि हुनुन्छ त यति बिजि ? 

ममी: छोरा/छोरी जे भने पनि त्यही कृष्टिना त हो नि मिस ।

कृष्टिना: मे आई कम इन मिस ?  मलाई बोलाउनुभको हो ?

शृशा: हो हो यता आऊ । तिमीलाई नि ! भगवान्ले कृष्टिना ! तिमीलाई म जे मागे पनि दिन्छु, ल माग) भन्नुभयो भने के माग्छ्यौ ? 

कृष्टिना : मिस ! म त मलाई माया गर्ने, मसँगै बस्ने, मेरा कुरा सुनिदिने, आफ्नै हातले खाजा, खाना ख्वाइदिने, ड्रेस लाइदिने, फुर्सदमा मलाई घुमाउन लैजाने अनि मैले पढ्दा सुनिदिने र मैले नजानेको कुरा सिकाइदिने, पैसा हैन समय दिने ममीलाई माग्छु । (कृष्टिनाका आँखाभरि आँसु हुन्छ)    

शृशा : हो, ममीले त तिमीलाई कति धेरे माया गर्नुहुन्छ नि । ल अब तिमी भने क्लास जानी हस् ? 

.................................
शृशा : सुन्नु भो हैन त छोरीका कुरा ? हजुरका आँखाका आँसुले नै देखाइसके कि हजुरले कुरा राम्रोसँग बुझ्नुभयो। अनि अर्को कुरा चाहिँ धेरै अभिभावकहरूलाई भ्रम चाहिँ के पर्दोरैछ भने नि, बच्चाहरूलाई विद्यालय पठाएपछि हाम्रो केही जिम्मेवारी नै हुँदैन । सबै कुरा विद्यालयले पुर्याइहाल्छ नि । तर त्यसो हैन। हामीले बच्चाहरूको दयनीय स्थितिलाई हेर्न नसकेर विभिन्न दाताहरूसँग हात फैलाएर अनुरोध गरेर यी कुराहरू जुटाइरहेका हुन्छौँ । 

अब अन्त्यमा  एउटा मात्र कुरा है । 

अहिले तपाईंसँग समय छैन र तपाईं बच्चालाई केयर गर्नुहुन्न । पछि यिनै बच्चासँग समय हुँदैन । अनि तपाईंहरुलाई आश्रम पठाउँछन् ।

ममी: भयो मिस, मैले कुरा बुझेँ। अब भोलिबाटै कृष्टिनाको व्यवहारमा हजुरहरू परिवर्तन पाउनु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ