(विद्यालयमा) बिसन: रितू ! आज त ममीले मलाई पास्ता बनाएर ख्वाउनुहुन्छ नि।
रितू: हो र ? मलाई त खिर। अनि कृष्टिना ! तिमीलाई नि ?
कृष्टिना: खै !
(छुट्टीको घन्टी बज्छ) ।
.............................
(कृष्टिना घरमा आउँदा ममी फेसबुकमा मस्त) ।
कृष्टिना: ममी! म आएँ ।
ममी: ए हो, ल ल ड्रेस फेर। कृष्टिना: अनि मलाई खाजा छैन ?
ममी: यो फोटोमा कति थोरै लाइक आको होला। (फोनको घन्टी बज्छ) हेलो! म निस्किहालेँ है?
कृष्टिना: ममी ! कता निस्कन लाग्नुभको ? साथीहरूलाई त उनीहरूको ममीले आफैँले खाजा बनाएर ख्वाउनुन्छ रे, मलाई भने न ड्रेस, न त ड्रेसको जुत्ता नै किन्दिनुहुन्छ, आफू भने यस्तो राम्रो सेन्डल लगाएर हिँड्नुहुन्छ धन्न सर-मिसले दिनुभयो।
ममी: सर-मिसले दिन्छन् त मैले किन पैसा खर्च गर्नु पर्यो ? नानू ! मलाई टेन्सन नदेऊ त। खाजा चाहियो ? के खान्छ्यौ, मम ? लौ पैसा ऊ त्यो होटलमा गएर खाऊ । अनि सुन ! आज म आउँदा ढिलो हुन्छ, होम वर्क गरेर बस है । म उतैबाट खाना ल्याइदिन्छु नि ।
कृष्टिना: प्लिज ममी नजानु न। आजको होम वर्क त हजुरले नै सिकाइदिने छ क्या।
ममी: छोरी अब चाहिँ मलाई रीस उठ्यो है । होम वर्क मैले सिकाउनुपर्ने भए तेरा टिचरहरू चाहिँ के गर्छन् रे त ? चुप लागेर बस्, गएँ म।
...................................
(भोलिपल्ट विद्यालयमा) डिल्ली: गुड मर्निङ क्लास स्टुडेन्टस्... गुड मर्निङ सर...।
डिल्ली: सिट डाउन प्लिज ।
विद्यार्थीहरूः थेङ्क्यु सर।
डिल्ली: सबैले होम वर्क गर्यौ त ?
विद्यार्थीहरू: गर्यौँ सर। डिल्ली- ल निकालेर डेस्कमाथि राख है ?
(टिचर होम वर्क चेक गर्दै कृष्टिना भएको ठाऊँमा पुग्नुहुन्छ) डिल्ली: कृष्टिना ! तिम्रो होम वर्क खै नि ?
(टिचर प्रिन्सिपल श्रृशाको अफिसमा पुगेर) डिल्ली: एक्सक्युज मी मिस एउटा कुरा गर्नु थियो ।
शृशा: हजुर भन्नुस न्।
डिल्ली: मिस! क्लास थ्री कि न्यु स्टुडेन्ट कृष्टिना! अलि अर्कै छिन् । न होम वर्क गर्छिन् न त एक्टभ नै देखिन्छिन् । खाली टोलाएर बस्छिन्।
शृशा: ओहो हो र ? ल सर उनको प्यारेन्ट्सलाई फोन गरेर स्कुलमा बोलाउनु पर्यो ।
.......................................
ममी: नमस्कार मिस !
शृशा: नमस्कार! बस्नुस्, न
ममी:मलाई किन बोलाउनुभा होला मिस ?
शृशा: पहिला बस्नुस् न, हजुरसँग केही कुरा गरौँ कि भनेर। कृष्टिना हजुरकी आफ्नै छोरी हुन् ?
ममी: हजुर मिस, किन र ?
शृशा: उनि घरमा कस्ती छिन् ?
ममी: कस्ती हुनु र मिस। खाली होमवर्क सिकाइदिनु, खाजा हजुरले नै बनाइदिनु, मलाई पनि घुमाउन लैजानु भनेर हैरान पार्छे भन्या।
शृशा: आहा! हो र ? कस्तो राम्रो ? अनि हजुरले उनको इच्छा पूरा त गरिदिनुहुन्छ नि ?
ममी: मिस पनि के कुरा गर्नुहुन्छ ? मान्छे कति बिजि छ।
शृशा: कसको लागि हुनुन्छ त यति बिजि ?
ममी: छोरा/छोरी जे भने पनि त्यही कृष्टिना त हो नि मिस ।
कृष्टिना: मे आई कम इन मिस ? मलाई बोलाउनुभको हो ?
शृशा: हो हो यता आऊ । तिमीलाई नि ! भगवान्ले कृष्टिना ! तिमीलाई म जे मागे पनि दिन्छु, ल माग) भन्नुभयो भने के माग्छ्यौ ?
कृष्टिना : मिस ! म त मलाई माया गर्ने, मसँगै बस्ने, मेरा कुरा सुनिदिने, आफ्नै हातले खाजा, खाना ख्वाइदिने, ड्रेस लाइदिने, फुर्सदमा मलाई घुमाउन लैजाने अनि मैले पढ्दा सुनिदिने र मैले नजानेको कुरा सिकाइदिने, पैसा हैन समय दिने ममीलाई माग्छु । (कृष्टिनाका आँखाभरि आँसु हुन्छ)
शृशा : हो, ममीले त तिमीलाई कति धेरे माया गर्नुहुन्छ नि । ल अब तिमी भने क्लास जानी हस् ?
.................................
शृशा : सुन्नु भो हैन त छोरीका कुरा ? हजुरका आँखाका आँसुले नै देखाइसके कि हजुरले कुरा राम्रोसँग बुझ्नुभयो। अनि अर्को कुरा चाहिँ धेरै अभिभावकहरूलाई भ्रम चाहिँ के पर्दोरैछ भने नि, बच्चाहरूलाई विद्यालय पठाएपछि हाम्रो केही जिम्मेवारी नै हुँदैन । सबै कुरा विद्यालयले पुर्याइहाल्छ नि । तर त्यसो हैन। हामीले बच्चाहरूको दयनीय स्थितिलाई हेर्न नसकेर विभिन्न दाताहरूसँग हात फैलाएर अनुरोध गरेर यी कुराहरू जुटाइरहेका हुन्छौँ ।
अब अन्त्यमा एउटा मात्र कुरा है ।
अहिले तपाईंसँग समय छैन र तपाईं बच्चालाई केयर गर्नुहुन्न । पछि यिनै बच्चासँग समय हुँदैन । अनि तपाईंहरुलाई आश्रम पठाउँछन् ।
ममी: भयो मिस, मैले कुरा बुझेँ। अब भोलिबाटै कृष्टिनाको व्यवहारमा हजुरहरू परिवर्तन पाउनु हुनेछ ।