-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । जुम्लामा भिरबाट लडेर शनिबार एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा तिला गाउँपालिका वडा नं ६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावत छन् ।
दाउरा काट्न जङ्गल गएका रावतको लडेर मृत्यु भएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए ।
अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा भिरमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।