arrow

माछापुच्छ्रे बैङ्कद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
mbl-water-chiller.jpg

धनगढी। माछापुच्छ्रे बैङ्कले सुदूरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई बैङ्कको संस्थागत उत्तरदायित्व अन्तर्गत वाटर चिलर हस्तान्तरण गरेको छ। गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैङ्कले उक्त सहयोग प्रदान गरेको हो। मिति २०८२-०३-२७ शुक्रवारका दिन बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख श्री मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रूपमा हस्तान्तरण गरे। 

उक्त अस्पतालमा दैनिक सयौँ सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा समस्या देखा परेको जानकारी पाए पश्चात् बैङ्कले उक्त वाटर चिलर प्रदान गरेको हो। बैङ्कले स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ