arrow

प्रधानमन्त्रीको बेडसम्म बिचौलीको पहुँच पुगेको प्रमाणित भएको छ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
prachanda-03-30t.jpg

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको बेडसम्म बिचौलीको पहुँच पुगेको प्रमाणित भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दा प्रचण्डले यो सरकारको एक वर्षको समीक्षा गर्दै सुशासन कायम गर्न नसकेको यो सरकारको नियत स्पष्ट भएकोसमेत बताए । 

उनले हाकाहाकी कमिशनको डिल, धितोपत्र बोर्ड, भूमाफियालाई संरक्षण गर्ने, हाकाहाकी बढाइएका डिल, सरुवा र नियुक्तिमा मन्त्री लाखौँका डिल भएको बाहिरिँदासम्म आफैँ अध्यक्ष रहेको प्रधानमन्त्रीको सुशासन आयोगको अविगत स्पष्ट भएकोसमेत बताए । 

सुशासन कायम गर्न सक्षम देखिएका संस्थालाई पनि कुशासनतिर लगिएको प्रचण्डको दाबी छ । 

दुई ठूला दल अप्राकृतिक गठबन्धनको भरमा सात बुँदे सहमति गरेर बिचौली र भ्रष्टहरुले चलखेल गर्ने मौका पाएको उनले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ