arrow

शिक्षामा पहुँच विस्तार र प्राविधिक शिक्षाको विकास मुख्य चुनौती: देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
deuba-32.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्‍याउनु टड्कारो चुनौती रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

देउवाले वैज्ञानिक, प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा नराख्ने हो भने विद्यार्थीले सीप सिकेर रोजगारी प्राप्त गर्न नसक्ने स्पष्ट पारे। उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो औँल्याए।

दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। शैक्षिक सचेतनामूलक कार्यक्रमका माध्यमबाट शिक्षामा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुने विश्वास उनले व्यक्त गरे।

सभापति देउवाले भने, "सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो छ। दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ। शैक्षिक सचेतनामूलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र मुलुककै शिक्षामा परिवर्तन हुन्छ।"

उनले सरकारले समस्या रहेका क्षेत्रको समाधानका लागि ध्यान दिनुपर्ने र व्यावसायिक शिक्षा प्रवद्र्धन गर्न सरकारी तवरबाट समुचित र न्यायोचित हुन आवश्यक रहेको बताए। देउवाले आजको चुनौती आफ्नै गाउँठाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको र सामुदायिक विद्यालयहरूले मुलुकको शिक्षा विकासमा महत्त्वपूर्ण योगदान दिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ