नेपाल लाइफद्वारा १०,००,००,००,००० प्रथम बिमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
549
Shares
काठमाडौँ। नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु १०,००,००,००,००० (दस अर्ब) प्रथम बिमा शुल्क आर्जन गर्दै नेपालको जीवन बिमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बिमा गर्ने बिमितहरू, कम्पनीको मेरुदण्डको रूपमा रहेका बिमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, सेयर धनीहरू, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन्।
नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बिमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ। आगामी दिनमा बिमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ। नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुक्त हुने खालका इनोभेटिभ प्रडक्टहरू ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्व स्तरीय बिमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए।