काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो, हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।”
पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आइतबार नै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए ।