arrow

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
yamlal-kandel-cm-karnali.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको विचार व्यवहारमा उतार्न सक्दा मात्र राष्ट्रको दीर्घकालीन हित हुने विश्वास व्यक्त गरेका छन् ।

एमाले जिल्ला कमिटी सुर्खेतद्वारा आयोजित उनले पुष्पलालको योगदानप्रति श्रद्धा व्यक्त गर्दै देशप्रेम, समाजवाद र समानताको पक्षमा उनले देखाएको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

“कमरेड पुष्पलालले व्यक्तिगत लाभभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकता दिएका थिए, त्यो सोच आजको नेतृत्व र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ”, मुख्यमन्त्रीले भने । 

उनले पुष्पलालको सिद्धान्त, सङ्गठन निर्माण र सङ्घर्षको शैलीबाट अहिलेको नेतृत्वले धेरै सिक्नुपर्ने आवश्यकता रहेको बताए ।

मुख्यमन्त्रीले भने, “आज हामीले पनि आदर्श मात्र होइन, व्यवहारमा लागू हुने नीति रोज्नुपर्छ ।” 

कार्यक्रममा एमालेका प्रदेश, जिल्ला, स्थानीय नेता र स्थानीय जनप्रतिनिधि, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ