arrow

एनआरएनए अमेरिकामा पदाधिकारी निर्विरोध निर्वाचित, दुई पक्षबीच विवाद कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
nrna-final.jpg

टेक्सस (अमेरिका) । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकामा नयाँ नेतृत्वका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेकाले निर्वाचन आयोगले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

निर्वाचन आयोगका अनुसार, अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, महासचिवमा रामचन्द्र पन्त, कोषाध्यक्षमा कमल ढुङ्गाना लगायतका पदाधिकारीहरू चयन भएका छन्।

यद्यपि, संघमा दुई पक्षबीचको मतभेदका कारण निर्वाचन प्रक्रियामा भने विवाद कायमै छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को निर्देशनअनुसार जुलाई महिनाभित्रै निर्वाचन सम्पन्न गर्न यो प्रक्रिया अघि बढाइएको हो।

तर, अर्को पक्षको निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ मा छुट्टै निर्वाचन गर्ने घोषणा गरेको छ। यो पक्षले एनआरएनए अमेरिकाको कानुनी संरचनाअनुसार आईसीसी वा परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जिकिर गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ