arrow

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
nic-asia-kantipur-dental-college-mou-2082.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्क र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच यस बैङ्कका ग्राहकहरूलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि यस बैङ्कका ग्राहकहरूले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाएको छ।

ग्राहकहरूले जनरल हस्पिटल सेवाहरू (प्रयोगशाला परीक्षण, बेड चार्ज, आइसियु, पोस्ट-अप बेड चार्ज) मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरू (दन्त भर्ने, दन्त स्केलिंग, आरसीटी र निकासी आदि) मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (डेन्टल इम्प्लान्ट, भेनियर, ब्रेसेस एलाइनर, छाला विशेषज्ञ) मा ७ प्रतिशत छुट उपभोग गर्न सकिने छ।

ग्राहकहरूले काठमाडौँस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौँस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सकिने छ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ