arrow

सहकारी पीडितको रकम फिर्ता गराउन देउवाद्वारा सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
deuba-2.jpg

काठमाडौं । नेपाली का‌‌ग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सञ्चालकहरूबाट ठगिएका बचतकर्ताहरूको रकम यथाशीघ्र फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

देउवाले कतिपय सहकारी सञ्चालकहरूबाट ठगिएका बचतकर्ताहरूको रकम फिर्ताका लागि प्रभावकारी नीति लिन पनि सरकारलाई सुझाए। उनले वित्तीय सुशासन कायम गर्न र स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली काँग्रेसले सरकारलाई निरन्तर दबाब दिँदै आएको पनि बताए। साथै, मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याई जनताको जीवनस्तर सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सभापति देउवाले भने, "कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताहरूको रकम यथाशीघ्र फिर्ता गराउन, प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। वित्तीय सुशासन कायम गर्न, स्थानीय तहमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई जरैदेखि न्यून गर्न नेपाली काँग्रेसले सरकारलाई दबाब दिँदै आएको छ। मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याई जनताको जीवनस्तरलाई सुधार गर्न नेपाली काँग्रेस कटिबद्ध छ।"

उनले नेपालको वित्तीय क्षेत्रका विविध समस्याहरूको समाधान गर्न काँग्रेस प्रतिबद्ध रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ