एनआईसी एशिया बैङ्कका ग्राहकलाई लेमोन ट्रि प्रिमियर बुढानीलकण्ठमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
314
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैङ्कका ग्राहकहरूलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि यस बैङ्कका ग्राहकहरूले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाएको छ। ग्राहकहरूले उक्त होटेलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सकिने छ।
उक्त सम्झौता पत्रमा यस बैङ्कका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्सालज्यू र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाज्यूले हस्ताक्षर गरेका छन्।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।