arrow

खेल क्षेत्र व्यावसायिक हुनुपर्छ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
yamlal-kandel-cm-karnali.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले स्वस्थ युवा, समाज र राष्ट्रका लागि खेलकुद अपरिहार्य रहेको बताए । 

उनले भने, “व्यावसायिक खेलको माध्यमबाट स्वस्थ र सक्षम नागरिक उत्पादन हुँदा भावी जनशक्तिलाई आत्मनिर्भर सघाउ पुर्‍याउँछ । यसमा सम्बन्धित सबै सरोकारवालाहरूको ध्यान जान आवश्यक छ ।”

खेलकुदले राष्ट्रिय गरिमा बढ्नेदेखि खेल पर्यटनका माध्यमबाट मनोरञ्जन दिने युवा रोजगारी सिर्जना गरी आर्थिक समृद्धि बढाउनतर्फ जोड दिनुपर्ने मुख्यमन्त्रीको भनाइ थियो ।

उनका अनुसार खेलले युवालाई सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने भएकाले यस क्षेत्रमा राज्यको लगानी आवश्यक छ ।

उक्त समारोहमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष गुलाबजङ्ग शाह, नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष दीपेन्द्र दाहाल, नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशका पदाधिकारीसहित यहाँका १० जिल्लाका प्रतिनिधि सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ