राष्ट्रपति पौडेलद्वारा वसन्तपुर दरबार स्क्वायरको अवलोकन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
600
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार काठमाडौँको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदाहरूको अवलोकन गरेका छन्। उनीसँगै प्रथम महिला सविता पौडेल पनि वसन्तपुर पुगेकी थिइन्।
राष्ट्रपति पौडेलले वसन्तपुरको भ्रमणका क्रममा हनुमानढोका दरबार सङ्ग्राहलयको अवलोकन गरे। दरबार स्क्वायर क्षेत्रमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, र हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेल लगायतले स्वागत गरेका थिए।
यस क्रममा राष्ट्रपति पौडेलले दरबार स्क्वायरमा रहेका कालभैरव, तलेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचोक र त्रिशूल चोकलगायतका महत्त्वपूर्ण ऐतिहासिक स्थलहरूको अवलोकन गरे।