नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल : सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
546
Shares
काठमाडौँ। सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डन र स्पेनस्थित नेपाली राजदूत शनिल नेपालबीच भेटवार्ता भएको छ।
भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो। साथै, उत्पादनशील क्षेत्रहरू र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो।
स्पेनमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण साथै स्पेनमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजनामा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो। स्पेनमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो।