arrow

अन्नपूर्णमा मंगलबार सार्वजनिक बिदा [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
public-holiday-sarwajanik-bida.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा यही साउन २७ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।

आदिवासी जनजाती गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ‘ट्होटे’ पर्वको अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । 

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आइतबारको निर्णयानुसार मंगलबार गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने गरी सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । 

यस्तो छ सूचना


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ