नागरिकता विधेयकमा २५ सांसदले दर्ता गराए संशोधन प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
1.9k
Shares
काठमाडौँ। नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा राष्ट्रिय सभाका २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलका लागि पुगेको विधेयकमा दशवटा समूहमा ती सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्।
सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावले विधेयकमा भएका अस्पष्ट प्रावधानहरूलाई सच्याउने अपेक्षा गरिएको छ। समितिले सोमबारदेखि विधेयकमाथि छलफल सुरु गरेको छ।
विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था राखिएको छ।
त्यसैगरी, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक भएको नाबालकलाई 'नाबालक परिचयपत्र' दिन सकिने व्यवस्था पनि विधेयकमा छ।