एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
494
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन लिमिटेड र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु. २५०० र संस्थागत रूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाएको छ। उक्त सम्झौता पत्रमा यस बैङ्कका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलज्यू र सिजी कम्युनिकेसन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन्।
ग्राहकहरूले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु.२५०० छुट प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकहरूले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नुहुनेछ। साथै, हाल सेवा लिइरहनु भएका ग्राहकहरूले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नुहुनेछ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ। सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैङ्कका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।