वीरगञ्ज (पर्सा)। ठोरी गाउँपालिका–२ स्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।
पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, आज बिहान करिब १० बजे नुहाउने क्रममा मनोज कठायतका ८ वर्षीय छोरा अंश कठायत र ४ वर्षीय छोरा आयांस कठायतको डुबेर मृत्यु भएको हो।
स्थानीय मानिसहरूले दुवै बालकलाई खोलाबाट बाहिर निकालेर स्वास्थ्यचौकी ठोरी पुर्याएका थिए, तर स्वास्थ्यकर्मीले उनीहरूलाई मृत घोषणा गरे। प्रहरीले घटनाको थप अनुसन्धानका लागि शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ।