एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई अन्नपूर्ण न्युरो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
372
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैङ्कबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले काठमाडौँमा रहेको अन्नपूर्ण न्युरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यस बैङ्कका ग्राहकहरूले घरभित्रको प्याथोलोजी, आउटसोर्सिङ परीक्षण, रेडियोलोजी, एम्बुलेन्स, सामान्य शय्या शुल्क, आइसियु र शल्यक्रिया शुल्क सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सकिने छ।
उक्त अस्पतालसँगको यस सहकार्यले यस बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।