arrow

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकामा सडक निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सोरु गाउँपालिका-१ को जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी ७ लाख ६ हजार ७९९ रुपैयाँ हिनामिना गरेको आयोगको अनुसन्धानबाट खुलेको छ। यस योजनाको कुल लागत ४० लाख १३ हजार ४३९ रुपैयाँ तय गरिएको थियो।

आयोगले भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सब-इन्जिनियर जगतबहादुर मल्ल लगायतविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

यसैगरी, सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी र सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

योजनाको अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ