arrow

कर्णालीको पर्यटन सम्भावना, सिमकोट विमानस्थल विस्तार र विकासे अभियन्ता शाही

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ भदौ २ सोमबार
jivanbahadur-shai-82-5-2.jpg

हुम्ला मात्र होइन, सम्पूर्ण कर्णाली प्रदेशको विकास र समृद्धिका लागि दीर्घकालीन योजना र ठोस पहल गर्दै आएका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जीवनबहादुर शाही पछिल्ला वर्षहरूमा प्रमुख विकासे अभियन्ता बनेका छन् । कर्णालीको भौगोलिक दूरी कम गर्ने लक्ष्यसहित शाहीले सिमकोट विमानस्थलको धावनमार्ग विस्तार, आधुनिक टर्मिनल निर्माण र सुरक्षा पूर्वाधार सुधारका लागि निरन्तर पहल गरेका छन् । उनका अनुसार हुम्लालाई अन्तर्राष्ट्रिय धार्मिक तथा साहसिक पर्यटनको प्रवेशद्वार बनाउन पूर्वाधारको स्तरोन्नति अनिवार्य छ।

साहसिक र धार्मिक पर्यटन प्रवर्द्धनका लागि उनले सिमकोट हुँदै तिब्बतको कैलाश–मानसरोवर मार्ग व्यवस्थित गर्ने योजना अघि सारेका छन् । यससँगै जिल्लामा रहेका ऐतिहासिक बस्ती कला साँस्कृति र तिब्बती मूलको सांस्कृतिक सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने प्राथमिकता पनि उनले दिएका छन्  ।

उनकै सक्रियतामा लामो समयदेखि बजेट अभावका कारण रोकिएको सिमकोट विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य पुनः सुरु हुने भएको छ। स्थानिय अधिकारीहरूको भनाइ अनुसार, यस विस्तारले सिमकोट विमानस्थललाई धार्मिक र साहसिक पर्यटनको प्रवेशद्वार मात्र नभई, कर्णालीको व्यापारिक, सामाजिक र आर्थिक सम्पर्कमा पनि नयाँ गति प्रदान गर्नेछ।

पहिला जिल्ला प्रशासन र सम्बन्धित सरकारी निकायमार्फत कानूनी तथा प्राविधिक प्रक्रिया पूरा भए पनि आवश्यक बजेट नहुँदा स्थगित भएको विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य शाहीको नेतृत्व र सक्रिय पहलले यो योजना अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय, काठमाडौँले २०८२ साउन ३० गते जारी गरेको पत्रअनुसार २७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरी तत्काल काम अघि बढाउन आदेश दिएको छ। अब प्राधिकरणको आदेश र बजेट सुनिश्चिततासँगै रोकिएको काम पुनः गतिमा आउने प्रमुख सिंहले बताए ।

शाहीले कर्णालीको आर्थिक विकासका लागि पर्यटन, जैविक कृषि र जलविद्युतलाई आधार मानेका छन्। स्थानीय कृषिजन्य उत्पादनको ब्रान्डिङ, साना–मझौला जलविद्युत आयोजना निर्माण र स्थानीय युवालाई होटल व्यवस्थापन, ट्रेकिङ गाइड र हस्तकला उत्पादनमा तालिम दिने कार्य उनी अगाडि बढाइरहेका  उनी जनसरोकारका मुद्दामा पनि सक्रिय छन् । विपत्तिका बेला राहत वितरण, उद्धार र पुनर्निर्माणमा अग्रसर रहँदै आएका शाही जिल्लामा खाद्यान्न अभावदेखि स्वास्थ्य सेवा अभावसम्मका समस्यामा तत्काल सरकारी समन्वय र समाधानका लागि पहल गरेका छन्।

शाहीको भनाइमा,  कर्णालीको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र धार्मिक गन्तव्यलाई मिलाएर हामीले यो प्रदेशलाई नेपालकै प्रमुख पर्यटन केन्द्र बनाउन सक्छौं, जसले रोजगारी र समृद्धि दुवै ल्याउँछ।  उनको निरन्तर प्रयासले हुम्ला मात्र होइन, सम्पूर्ण कर्णाली प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने सम्भावना अझ प्रष्ट भएको छ।

कैलाश–मानसरोवर प्रवेशद्वारका रूपमा सिमकोट विमानस्थल

सिमकोट विमानस्थललाई कैलाश–मानसरोवर दर्शनको प्रमुख प्रवेशद्वारका रूपमा चिनिन थालिएको छ। विमानस्थलको विस्तारले धार्मिक र साहसिक पर्यटन दुवै क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

विस्तारित धावनमार्ग, आधुनिक टर्मिनल भवन र उन्नत सुरक्षा पूर्वाधारले ठूलो आकारका विमानहरूको अवतरण सम्भव बनाउने छ। यसले यात्रु आवागमन मात्र सहज बनाउने छैन, कर्णालीको व्यापारिक र सामाजिक सम्पर्कमा पनि गति ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय पर्यटन तथा विकास अधिकारीहरूका अनुसार, सिमकोट विमानस्थलको स्तरोन्नति पछि हुम्ला र समग्र कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बनाउने दिशा स्पष्ट भएको छ।

हुम्लाको विकासमा शाहीको सक्रिय भूमिका
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाली कांग्रेस नेता जीवनबहादुर शाहीले हुम्ला जिल्लाको समग्र विकासका लागि निरन्तर सक्रिय पहल गर्दै आएका छन्। शाहीले जिल्लाको भौगोलिक दूरी कम गर्ने उद्देश्यसहित सिमकोट विमानस्थलको विस्तार, धावनमार्ग सुधार र आधुनिक टर्मिनल निर्माणमा सरकारसँग पहल गरेका छन्। यससँगै सडक सञ्जाल विस्तार, ग्रामीण मार्ग निर्माण र आवतजावत सहज बनाउने कार्यमा पनि उनी सक्रिय रहेका छन्।

पर्यटन प्रवर्द्धनमा उनले सिमकोट हुँदै तिब्बतको कैलाश–मानसरोवर मार्ग व्यवस्थित गर्ने योजना अघि सारेका छन्। स्थानीय ऐतिहासिक बस्ती र तिब्बती मूलको सांस्कृतिक सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने पहल पनि उनले प्राथमिकतामा राखेका छन्।

उनका अनुसार हुम्ला र समग्र कर्णालीको आर्थिक, राजनीतिक र सामाजिक विकासका लागि “६–ब” – बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापन लाई विकासको आधार मानिएको छ। उनका दृष्टिमा यी क्षेत्रहरूमा योजना र लगानी भएमा कर्णालीको दीर्घकालीन समृद्धि, रोजगारी सिर्जना र सामाजिक उन्नति सम्भव हुन्छ।

पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा प्राथमिकता
सिमकोट बिमानस्थलको बिस्तारसंगै सिमकोट हुँदै तिब्बतको कैलाश–मानसरोवर मार्ग व्यवस्थित गरी विश्वस्तरमा प्रचार–प्रसार गर्ने योजना अघि बढाउन सकेको खण्डमा हुम्लाको पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा ठोस सफलता मिल्ने विश्वास व्यक्त गरिएको छ।

सामाजिक अभियान्ता कन्जोक लामाका अनुसार, यसमार्फत जिल्लामा रहेका ऐतिहासिक बस्ती कला साँस्कृति र तिब्बती मूलका सांस्कृतिक सम्पदालाई पर्यटक आकर्षणको केन्द्र  बनाउन प्राथमिकता दिन सकिन्छ भने सिमकोट विमानस्थल पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणको कोषेढुङ्गा बन्नेछ।

स्थानीय बासिन्दाले बताएअनुसार, काठमाडौंमा “हुम्ला पर्यटन मेला” आयोजना गरी जिल्लाका पर्यटन सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सकेको खण्डमा हुम्लाले भारत, चीन र युरोपका पर्यटकसँग प्रत्यक्ष सम्पर्कमार्फत लगानी र भ्रमण प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। 

आर्थिक विकासको बहुआयामिक दृष्टिकोण 
कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन, जैविक कृषि र जलविद्युतलाई अधार स्तम्भ मान्दै अघि बढेका नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री जीवनबहादुर शाहीले हुम्लामा बहुआयामिक विकासका कदम चालिरहेका छन् ।

कृषि क्षेत्रमा उनले स्थानीय कृषिजन्य उत्पादनको ब्रान्डिङ र बजार विस्तार, ऊर्जा क्षेत्रमा साना–मझौला जलविद्युत आयोजना निर्माण, र रोजगारी सिर्जनाका लागि स्थानीय युवालाई होटल व्यवस्थापन, ट्रेकिङ गाइड र हस्तकला उत्पादनमा तालिम दिने कार्यक्रम अघि बढाएका छन्।  

शाहीको नेतृत्व र पहलले हुम्लामा पर्यटन, व्यापार र सेवा–सुविधामा नयाँ युगको प्रवेश गराउने अपेक्षा गरिएको छ। सिमकोट विमानस्थलको विस्तार पछि हुम्ला अझ नजिक र सुगम हुनेछ, जसले समग्र कर्णालीको दीर्घकालीन विकासमा ठोस योगदान दिनेछ।

स्थानिय बासिन्दा र सरोकारवालाहरू सिमकोट विमानस्थल विस्तारले  हुम्ला मात्र होइन,  सम्पूर्ण कर्णालीको विकासको आधारका रूपमा हेरिएको छ । दिलत अगुवा मक्क सुनारका अनुसार, आज जुन सडक, हवाई मार्ग र पूर्वाधार विकास देखिन्छ, त्यो सबै एकजना नेता जीवनबहादुर शाहीको आँट, समुदायको श्रम र हाम्रो विश्वासबाट सम्भव भएको हो।

हुम्लामा हवाई यातायात विस्तारले पर्यटन र आर्थिक गतिविधिमा गति ल्याउने विश्वास स्थानीय बासिन्दा र सरोकारवाला निकायहरूले हुम्लामा हवाई यातायात सुविधा सहज हुने निर्णयले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र जिल्लाको समग्र आर्थिक गतिविधि थप गतिशील हुने विश्वास व्यक्त गरेका छन्।


स्थानीयहरूका अनुसार, जीवनबहादुर शाहीको निरन्तर प्रयासले हुम्ला मात्र नभई सम्पूर्ण कर्णाली प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने सम्भावना अझ स्पष्ट हुँदै गएको छ।
स्थानीय पर्यटन व्यवसायी र बासिन्दा यस पहलबाट क्षेत्रको समृद्धिमा ठोस योगदान पुग्ने आशावादी छन्।

पर्यटन र विकास दुवैमा टेवा 
 कैलाश–मानसरोवर दर्शनको प्रमुख प्रवेशद्वारका रूपमा परिचित सिमकोट विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने र हुम्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यसको विस्तार योजनालाई अत्यन्तै महत्वपूर्ण मानिएको छ।

विमानस्थलको क्षमता वृद्धि भएसँगै जिल्लामा पर्यटक आवागमन सहज हुने, व्यापारिक गतिविधि बढ्ने र स्थानीय रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।

यो ऐतिहासिक पहल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको प्रत्यक्ष सक्रियतामा सम्भव भएको हो। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका शाहीले मन्त्रालयमा जिम्मेवारी सम्हालेको अनुभव र व्यापक सम्पर्कको प्रभावकारी प्रयोग गर्दै परियोजनाको बजेट सुनिश्चित गर्ने प्रक्रिया समेत नेतृत्व गरेका हुन्।
जिल्लाका सरकारी अधिकारी र स्थानिय बासिन्दाका अनुसार, सिमकोट विमानस्थल विस्तारले हुम्ला र समग्र कर्णालीको पर्यटन तथा आर्थिक विकासमा नयाँ गति प्रदान गर्नेछ।

हुम्लाबासीद्वारा पहलकर्ता शाहीलाई विशेष धन्यवाद
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सिमकोट विमानस्थल परियोजना सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै हुम्लाबासीले विशेष धन्यवाद दिएका छन्।

त्यसैगरी, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्रालयका मन्त्री, सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रधान कार्यालय र महानिर्देशक प्रदीप अधिकारीका साथै स्थानीय नेतृत्व, सरकारी निकाय र सरोकारवाला सबैलाई पनि धन्यवाद व्यक्त गरिएको छ।

स्थानीय बासिन्दा र सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन् कि सिमकोट विमानस्थलको विस्तार हुम्लाको विकास यात्रामा ऐतिहासिक दुरी बन्नेछ र यस पहलले पर्यटन, व्यवसाय र आर्थिक गतिविधिमा गति थपिने बिश्वास गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ