arrow

टप इन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
nepal-cricket-82-5-2.jpg

काठमाडौँ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार बेहारेको छ । सोमबार सम्पन्न खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपालले ३१ रनको हार बेहोरेको हो। 

यसअघि नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध पहिलो खेलमा ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

मेलबर्नले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो । 

नेपालका आशिफ शेखले ४९ बलमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए । 

त्यस्तै ओपनर खेलाडी कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ११ रन बनाए बाहेक अन्यले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् । 

मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए ।

त्यसअघि डार्बिनस्थित टीआईओ रंगशालमा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले ब्लेक म्याकडोनाल्डको ७४ तथा थोमस रोजर्सको ६५ रनको मद्धतले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।

सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शहाब आलमले समान एक विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ