एनआईसी एसिया बैङ्कको अनलाइन लिलाम बिक्री पोर्टलमा सम्पूर्ण जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
516
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडले लिलाम बिक्री प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि नयाँ अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ।
बैङ्कको नाममा रहेको बैङ्किङ तथा गैर-बैङ्किङ सम्पत्ति, साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरू बिक्री गर्नका लागि ल्याइएको यो पोर्टलमार्फत इच्छुक व्यक्तिहरूले विस्तृत विवरणसहित सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन्।
एक क्लिकमै सम्पूर्ण विवरण
ग्राहकहरूले बैङ्कद्वारा प्रकाशित लिलामी सूचनामा समावेश गरिएको क्युआर कोड स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.com मा गई सम्पत्तिको: कित्ता नम्बर, क्षेत्रफल, फोटो र नक्सा, गुगल म्यापमा स्थान लगायतका जानकारी प्राप्त गर्न सक्नेछन्।
सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा, सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत ग्राहकहरूले आफ्नो पुरा नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सोधपुछ गर्न सक्ने सुविधा पनि बैङ्कले उपलब्ध गराएको छ।
एनआईसी एशिया बैङ्कले यो पोर्टलमार्फत:
बैङ्किङ सम्पत्ति
गैर-बैङ्किङ सम्पत्ति,
धितो सुरक्षणमा रहेका सम्पत्तिहरू
तथा अन्य लिलामीसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ।
बैङ्कको विश्वास छ कि यस डिजिटल पहलले लिलाम प्रक्रियामा पारदर्शिता, ग्राहक पहुँचमा वृद्धि, र निवेशकहरूको सहज सहभागिता सुनिश्चित गर्नेछ।
इच्छुक ग्राहकहरूलाई https://auctionassistance.nicasiabank.com पोर्टलको सहज प्रयोगबाट विस्तृत विवरण अवलोकन गर्न र लिलामी प्रक्रियामा सहभागी भई उपलब्ध अवसरहरूको भरपुर लाभ लिन बैङ्कले आग्रह गरेको छ।