arrow

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
nic-asia-sky-broadband-mou.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्क ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रालि र बैङ्क बीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले स्काइ ब्रोडब्याण्ड प्रालिको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

यस बैङ्कका ग्राहकहरूले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सकिने छ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैङ्कका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ