अष्ट्रेलियामा नेपालको पहिलो जित, होबार्ट हरिकेन्सलाई ६६ रनले हरायो
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
662
Shares
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृंखलामा नेपालले पहिलो जित हात पारेको छ। आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
अष्ट्रेलियाको काजालिस एरिना पाल्मर्सटनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो। १८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्सले भने १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो।
नेपालको जितमा नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै एक्लै पाँच विकेट लिए। कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले पनि एक-एक विकेट लिएका थिए। होबार्टका लागि ब्राड्ली होपले ३१ र चार्ली वाकिमले २८ रन बनाए।
नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए भने आसिफ शेखले २९, लोकेश बमले अविजित २५ र कुशल भुर्तेलले २७ रन बनाए। यसअघि नेपालले खेलेका तीनवटै खेलमा हार बेहोरेको थियो।
अब नेपालले बुधबार मेलबर्न रेनेगेड्ससँग र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।