कर्णाली । कर्णाली प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सरकारले यो बिदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार, २०८१ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले भदौ ४ गते प्रदेशका सबै सरकारी र सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
दिवसको अवसरमा आज बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ। साथै, प्रदेश सरकारले बिहीबारसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी स्थापना तथा सहिद दिवस मनाउने जनाएको छ।