arrow

अष्ट्रेलियामा नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
nepal-melborn.jpg

काठमाडौँ। अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ।

डार्विनको पार्मर्सटनस्थित काजालिस एरेनामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनले २२ बलमा एक चौका र एक छक्का प्रहार गरेका थिए।

ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले २७ रन, लोकेश बमले २४ रन, भीम सार्कीले १७ रन र आरिफ शेख तथा रुपेश सिंहले १२-१२ रन बनाएका थिए।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए। मेलबर्न रेनेगेड्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ