arrow

राजनीतिको खाँबो मैले छोडिदिएँ भने गर्ल्यामगुर्लुमै हुन्छ जस्तो लाग्छ - प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
prachanda-05-04.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई देशको राजनीतिको जिम्मेवारी आफ्नै काँधमा रहेको महसुस हुने गरेको टिप्पणी गरेका छन्। उनले आफूले राजनीति गर्न छोड्दा ‘गर्ल्यामगुर्लुम्मै’ हुन्छ जस्तो लाग्ने गरेको बताए।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दैनिक राजनीतिको चटारोले साहित्यमा समय दिन नपाएकोमा दुःख व्यक्त गरे। उनले भने, “यस्तो लाग्छ, देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ कि, गर्ल्यामगुर्लुम्म ढलिहाल्छ कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा भएको जस्तो।”

दाहालले जीवन निश्चित अवधिका लागि हुने भए पनि जिम्मेवारीको बोधले मानिसलाई अन्तिम अवस्थासम्म थिचिरहने बताए। उनले आफू साहित्यमा धेरै रुचि राख्ने व्यक्ति भएको पनि जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ