नारायण खतिवडाले तीज गीत मार्फत गरे समाजिक अवस्थाको चिरफार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
1k
Shares
काठमाडौँ । गीतकार नारायण खतिवडाको ब्यङ्गात्मक गीति शैलीको तीज गीत र भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यूट्यूव सहित अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा सार्वजनिक गरिएको छ ।
नेपालमा मनाईने हरितालिका तीजको छुट्टै धार्मिक र सास्कृतिक महत्व रहेको छ । साथै, कठोर साधनासहित यस पर्वले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दछ । पहिले विवाह गरेर गएकी चेली माइत आएर सुख, दुःख बिसाउने, आपसमा रमाउने, व्रत बस्ने लगायतका गतिविधिहरू हुन्थे ।
हिजोआज स्वतन्त्रताको आडमा स्वच्छन्दता बढ्दै गएर विकृत बन्दै गएको छ । तीज आउनु धेरै पहिलेदेखि फेशनको रूपमा मनाउने क्रम बढ्दै गएको छ । निकै थोरै नारीहरूले यसको अन्तर्य बुझेर निष्ठा कायम गरेका कारण मात्रै यसको सास्कृतिक जीवन्तता कायम रहेको छ ।
समाजमा मनाइने विभिन्न सांस्कृतिक पर्वलाई सरक्षण र सम्बर्द्धन हुन नसकेमा हाम्रा सांस्कृतिक धरोहरहरू कमजोर बन्दै जान्छन् । तीज आउनु महिना अगाडिदेखि नै फजुल खर्च गर्ने, देखासिकी गर्ने प्रवृत्ति बढ्दै गएको छ ।