arrow

एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई ल्याण्डमार्क होटेल र रिसोर्टस् १५ प्रतिशतसम्म छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
nic-asia-landmark-hotels-resorts-mou.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई ल्याण्डमार्क होटेल र रिसोर्टस्मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

यस बैङ्कका ग्राहकहरूले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सकिने छ। ग्राहकहरूले पोखरा, तनहुँ, काठमाडौँ, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टस्बाट छुटहरू प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

उक्त रिसोर्टस्सँगको यस सहकार्यले ग्राहरतलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ