arrow

तराई-मधेसमा पनि लोकप्रिय बन्दै तीज पर्व [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
mithila-tarai.jpg

जनकपुरधाम। विशेषगरी पहाडी समुदायका हिन्दु महिलाहरूमाझ लोकप्रिय रहेको तीज पर्व पछिल्लो समय तराई-मधेसका अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ। पहिले घरभित्र सीमित रहेर हरितालिका तीज मनाउने मधेसी महिलाहरू पनि अहिले सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा उत्सव मनाउन थालेका छन्।

यस वर्ष पनि जनकपुरधामस्थित शिव मन्दिरहरूमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड लागेको छ। एक व्रतालु महिलाका अनुसार, भगवान शिवको पूजा आराधना गर्दा पति र सन्तानको दीर्घायु हुने तथा घरपरिवारमा सुख-शान्ति कायम हुने धार्मिक विश्वासका साथ उनीहरूले व्रत बसेका छन्।

जनकपुरधामसहित सम्पूर्ण मधेस प्रदेशमा तीज पर्व सांस्कृतिक अभिव्यक्तिको प्रतीक मात्र नभई सामाजिक मेलमिलाप र सामूहिक उत्सवको रूपमा स्थापित हुँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ