इजरायली सेनाको गाजामा आक्रमणको प्रारम्भिक चरण शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
1.6k
Shares
काठमाडौँ। इजरायली सैन्य प्रवक्ता अविचय आड्राईले इजरायली सेनाले गाजा शहरमा आक्रमणको प्रारम्भिक अपरेशन र प्रारम्भिक चरणहरू सुरु गरिसकेको बताएका छन्।
उनले हमासलाई पूर्ण रूपमा ध्वस्त नगरेसम्म र सबै बन्धकहरूलाई फिर्ता नल्याएसम्म आक्रमण नरोकिने बताएका छन्।
इजरायल रक्षा बलले एक विज्ञप्ति जारी गर्दै गाजा शहरमा दिइँदै आएको दैनिक १० घण्टाको मानवीय विराम रद्द गरिएको जनाएको छ।
अन्तर्राष्ट्रिय विरोधका बावजुद, इजरायली सेनाले हप्तौंसम्म भारी हवाई आक्रमण र तोपखानाले गाजालाई घेरा हालेर हालै शहरको नियन्त्रण लिन अपरेशनको तयारी गरिरहेको घोषणा गरेको थियो।