arrow

प्रचण्डको स्वीकारोक्ति

‘हिजोको जस्तो शान प्रचण्डको अहिले छैन’

‘अब आन्दोलनको विकल्प छैन, फेरि जेल जान तयार हुनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
prachanda-05-14.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबै नेता-कार्यकर्तालाई एकजुट भई सडक आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब आन्दोलनबाहेक अर्को कुनै विकल्प नरहेको बताए। उनले आन्दोलनका लागि एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुनुपर्ने बताए। ‘दलित ऐन’ वा ‘प्राधिकरण’ जस्ता कुरा सदनबाट मात्रै बनाएर दलितहरूले अधिकार नपाउने उनको भनाइ थियो।

प्रचण्डले आफ्नो विगतको 'शान' अहिले नरहेको स्वीकार गर्दै भने, "हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा सङ्गठन ठूलो नभए पनि ताप, राप, वाइसिएल र सेना थियो। म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थे भन्नुस् त। अहिले त... छैन।"

उनले आफूले फेरि सेना बनाउनुपर्ने नभनेको तर शान्तिपूर्ण आन्दोलन जरुरी रहेको बताए। चाडपर्व सकिएपछि सडकलाई नै मुख्य आधार बनाएर अघि बढ्ने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ