arrow

माघभित्र काठमाडौँ र पोखरामा फाइभजी परीक्षण शुरु हुने

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
prithivi-subba-07-14-01.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वर्षको माघ महिनाभित्र काठमाडौं र पोखरा उपत्यकामा फाइभजी नेटवर्कको परीक्षण सुरु गरिने बताएका छन्।

चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्य भएकोले सरकारले यसलाई प्राथमिकतामा राखेको जानकारी दिए। आगामी वर्षभित्र देशभर फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको पनि उनले बताए।

सरकारले डिजिटल नेपाल फ्रेमवर्क लाई अन्तिम चरणमा पुर्‍याएको र यो चाँडै नै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा आउने मन्त्री गुरुङले बताए। यो नीतिअन्तर्गत पर्यटन, शिक्षा, सुशासन, र विपद् व्यवस्थापनसहित आठवटा क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार गर्ने तयारी छ। यसका साथै, सातवटै प्रदेशमा आईटी डाटा सेन्टर र एआई केन्द्र स्थापना गर्ने योजना पनि सरकारले बनाएको छ।

मन्त्री गुरुङले बढ्दो बैंकिङ ठगीका मुद्दाहरूलाई नियन्त्रण गर्न आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढाइएको पनि उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ