arrow

माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभांश वितरणको प्रस्ताव साधारण सभामा लैजाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
machhapuchhre-bank-mbl-head-office.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ ।

बिहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट आठ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये चार प्रतिशत बोनस शेयर र करसहित चार प्रतिशत नगद लाभांश हुनेछ । 

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले यसअघि ०७९/८० को मुनाफाबाट भने १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ । 

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले प्रतिशेयर सय रुपैयाँ अंकित दरका तीन अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर ८दशमलव२५ प्रतिशत ब्याजदरमा जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । 

अग्राधिकार शेयर जारीपछि पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेस हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ २७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । सोअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ