एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई बुटवलमा रहेको सिद्ध बाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
503
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका ग्राहकहरूलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्ध बाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैङ्कबिच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैङ्कका ग्राहकहरूले बुटवलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
यस बैङ्कका ग्राहकहरूले उक्त हस्पिटलमा भर्ना शुल्क, ओटी शुल्क, ल्याब शुल्क, औषधि र फार्मेसी जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एप मार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।