काठमाडौँ । जेन-जी प्रदर्शनका कारण उत्पन्न विषम परिस्थितिका कारण बन्द भएको शेयर बजारको कारोबार असोज २ गते बिहीबारदेखि पुनः शुरु हुने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार रोक्का हुँदै आएको थियो।
अवस्था सामान्य भइसक्दा पनि कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना भइरहेको थियो। त्यसैले, बोर्डले मंगलबार पुनः निर्देशन दिँदै दोस्रो बजारको कारोबार नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, बोर्डको निर्देशनपछि बजार अब नियमित सञ्चालनमा आउनेछ।