-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुर्खेत । कालिकोटको गगनेभीरमा पहरिो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ ।
कालिकोट प्रहरीको सक्रियातामा पहिरो पन्छाए पछि अवरुद्ध भएको १० घण्टा पछि राजमार्ग सञ्चालन भएको हो ।
मंगलबार राति परेको अविरल बर्षाले गगने खोला पारिपट्टीको डाँडा पूरै खसे पछि राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईटा मेसिन प्रयोग गरी १० घण्टापछि राजमार्ग सञ्चालन भएको कालिकोटका प्रहरी प्रमूख डीएसपी टेक रावतले बताए ।
‘बर्षा नरोकिएकोले अवरुद्ध राजमार्ग खुलाउन समय लाग्यो’ उनले भने, ‘रामार्ग खुलेपछि रोकिएका सवारी गन्तव्यतिर लागेका छन् ।’
असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।
वर्षा हुनेबित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी रावतले बताए ।
राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका थिए ।