arrow

जोशिला शिक्षामन्त्री

वैज्ञानिक शिक्षामन्त्री पुनले भने - मन्त्रीक्वार्टर चाहिँदैन, मन्त्रालयमै खाटको व्यवस्था गर्नु [तस्बिर]

‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ती नगर्नुहोस्, शिक्षा मन्त्रालयमा ढिलासुस्ती गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
mahabir-pun-82-6-6pp.jpg
तस्बिर -सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका छन् । 

सोमबार पदभार ग्रहण लगत्तै उनले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

उनले आफूलाई बस्नका लागि क्वार्टर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिए । उनले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताए । 

उनले भने, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ती नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ती गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।’ 

उनले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताए । 

उनको नियुक्ति युवाहरूका माग र देशभरका प्रदर्शनपछि शिक्षा र प्रविधि क्षेत्र सुधारका लागि गरिएको कदमका रूपमा हेरिएको छ । पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिएका छन् ।

 

mahabir-pun-82-6-6ff (12).jpeg
mahabir-pun-82-6-6ff (11).jpeg
mahabir-pun-82-6-6ff (10).jpeg
mahabir-pun-82-6-6ff (9).jpeg
mahabir-pun-82-6-6ff (8).jpeg
mahabir-pun-82-6-6ff (7).jpeg
mahabir-pun-82-6-6ff (6).jpeg
mahabir-pun-82-6-6ff (5).jpeg
mahabir-pun-82-6-6ff (4).jpeg
mahabir-pun-82-6-6ff (3).jpeg
mahabir-pun-82-6-6ff (2).jpeg
mahabir-pun-82-6-6ff (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ