सहकारी नियमन गर्न चार्टर्ड एकाउन्टेन्टस्सँग सम्झौता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
913
Shares
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्टस् संस्था बीच सहकार्य गर्ने समझदारी भएको छ ।
सहकारी नियमनको प्रभावकारिता बढाउने उद्देश्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग समझदारी गरिएको हो ।
योसँगै बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाका लागि लागू हुने ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ सार्वजनिक गरिएको छ ।
सहकारी ऐन, २०७४ संशोधनपछि गठन भएको प्राधिकरणले सहकारी दर्ता, अनुगमन, सुपरीवेक्षण तथा नियमन कार्यलाई प्राविधिक र पारदर्शी बनाउनेतर्फ अघि बढिरहेको बताइएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ अन्तर्गत अब संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सो प्रकारका सहकारीहरूले अनिवार्य रूपमा प्राधिकरणमा दर्ता गराउनु पर्नेछ ।
आगामी असोज महिनादेखि अनलाइन दर्ता प्रक्रिया सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।
उक्त समझदारीले दिगो वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग पुर्याउने प्राधिकरणको विश्वास छ ।