arrow

यी हुन् असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

कुलमानको भारत भ्रमण स्वीकृत, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र [भिडियोसहित]

जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
pmo-susila-new-new.jpg

काठमाडौं। अन्तरिम सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा भाग लिन स्वीकृति दिएको छ। असोज १२ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई २०८२ कार्तिक १० देखि १३ गतेसम्म हुने उक्त बैठकमा सहभागी हुन स्वीकृति दिएको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएको जानकारीअनुसार, मन्त्रिपरिषद्ले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल लाई र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले जेन–जी आन्दोलनका घाइतेहरूलाई उचित उपचार र राहत को व्यवस्था गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचानका लागि गृह मन्त्रालयले परिचयपत्र वितरण गर्नेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुनः उपचारका लागि अस्पताल तोक्नुका साथै ती अस्पतालहरूमा ‘जेन जी क्लिनिक’ सञ्चालन गर्नेछ।

घाइतेलाई पुनः उपचारका लागि जाँदा निःशुल्क आवतजावतको व्यवस्था गरिनेछ। उपचार सहजीकरणका लागि हट लाइनको व्यवस्था गरी सम्पर्क व्यक्ति तोकिनेछ। घाइतेहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरिनेछ र सो वर्गीकरणको आधारमा उनीहरूलाई उचित राहत दिने निर्णय भएको छ।

मन्त्रिपरिषद् बैठकले मुग्लिङ–पोखरा सडक अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ। यो नयाँ सडक हालको राजमार्गको समानान्तर रहने गरी त्रिशूली किनार (गोरखातर्फ) देखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत गृहको पारीपटी गोरखातर्फसम्म निर्माण गरिनेछ। यस सडकको मापदण्ड ३० मिटर (सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५–१५ मिटर) स्वीकृत गरिएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ