arrow

नेपालले वेष्ट इन्डिजसँग दोस्रो खेल खेल्दै, कीर्तिमान बढाउने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
nep-wi-unity-cup-2025.jpg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट रङ्गशालामा आजका लागि नेपालको अर्को ऐतिहासिक दिन हुन सक्छ । उक्त रंगशालामा शनिबार राति भएको खेलमा वेष्ट इन्जिजलाई हराएर नेपालले इतिहास रच्यो । नेपालले अहिलेसम्म कुनै पनि शैलीको क्रिकेटमा टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउन सकेको थिएन । 

युनिटी कप टी–२० क्रिकेटको पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेर इतिहास रचेको थियो । 

आज दोस्रो खेल हुँदैछ । नेपाली समयअनुसार राति ८ः१५ देखि हुने खेल पनि उत्तिकै महत्वपूर्ण रहेको छ । किनकि नेपालले यो खेल जित्दा तीन खेलको श्रृंखलामा एक खेलअघि नै उपाधि जित्नेछ । उपाधि जित्नु नेपालका लागि अर्को ठूलो कीर्तिमान हुनेछ । 

नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग खेलेको यो जित ओमानमा हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीका रूपमा हेरिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन को योगफल खडा गरेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन (३५ बलमा ३ चौका र १ छक्का) बनाएका थिए । उनलाई साथ दिँदै कुशल मल्लले आक्रामक रूपमा २१ बलमा २ चौका र २ छक्कासहित ३० रन को योगदान दिए। गुल्शन झाले २२ रन तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाएका थिए। वेस्ट इन्डिजका लागि अनुभवी बलर जेसन होल्डरले ४ विकेट लिए भने नवीन विदायसीले ३ विकेट हात पारे ।

जवाफमा, १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजको ब्याटिङतर्फ नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रनको योगदान दिए।

नेपालको कसिलो बलिङ आक्रमणमा कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए। कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान १–१ विकेट लिएर वेस्ट इन्डिजलाई दबाबमा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ