arrow

राष्ट्रपतिद्वारा टीका ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
ramchandra-teeka.jpg

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् ।

उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् ।

आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाइदिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ