भारतले वेस्ट इन्डिजलाई अढाई दिनमै हरायो, ७७ वर्षमा जित हार बराबर
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
1.2k
Shares
अहमदाबाद । भारतले दुई टेस्ट शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिजलाई एक इनिङ्स र १४० रनले पराजित गरेको छ । तेस्रो दिन चियापानअघि (अढाई दिनमै) खेल सकिएको थियो । ४५० ओभरको लागि टेस्ट खेल सम्भव भए पनि अहमदाबादमा भएको पहिलो टेस्ट केवल २१७.२ ओभरमा समाप्त भयो।
शनिबार वेस्ट इन्डिजको दोस्रो इनिङ्स ४५.१ ओभरमा मात्र १४६ रनमा समेटियो । रविन्द्र जडेजाले सर्वाधिक चार, मोहम्मद सिराजले तीन र कुलदीप यादवले दुई विकेट लिए । वाशिंगटन सुन्दरले एक विकेट लिए ।
यसअघि, भारतले ५ विकेटको क्षतिमा ४४८ रन बनाएर आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गर्यो । भारतका तीन खेलाडीहरु रविन्द्र जडेजा, ध्रब जुरेल र केएल राहुलले शतक बनाए । कप्तान शुबमन गिलले अर्धशतक बनाए । योसँगै पहिलो इनिङ्समा मात्र १६२ रनब नाएको वेस्ट इन्जिडलाई इनिङस् हारबाट बच्न २८७ रन चाहिएको थियो । तर केबल १४६ रनमा समेटियो ।
पहिलो टेष्टमा अलराउन्डर जडेजा प्लेयर अफ द म्याच भए ।
७७ वर्षमा पहिलो पटक, भारतको घरेलु मैदानमा जित र हार बराबर भएको छ । यो शृङ्खला सुरु हुनुभन्दा पहिले, वेस्ट इन्डिज विश्वको एक मात्र टोली थियो जसको विरुद्धमा भारतले आफ्नै देशमा टेस्ट क्रिकेटमा जित भन्दा बढी हार हासिल गरेको थियो । अब जित र हारको संख्या बराबर भएको छ।
यदि भारतीय टोलीले दिल्लीमा वेस्ट इन्डिज विरुद्धको दोस्रो टेस्ट खेल जित्यो भने सबै टेस्ट खेल्ने टोलीहरूविरुद्ध घरेलु रेकर्ड सकारात्मक हुनेछ ।
वेस्ट इन्डिज टोलीले सन् १९४८ मा पहिलो पटक भारतको भ्रमण गरेको थियो। त्यसबेलादेखि यो भारतीय भूमिमा जितको हिसाबले भारतीय टोलीभन्दा अगाडि थियो ।