arrow

कतारविरुद्धको अभ्यास खेलमा पनि नेपालको जीत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
nepal-qatar.jpg

पोखरा । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ ।

सोमबार साँझ सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । नेपालले पहिलो अध्यास खेलमा ओमानलाई छ विकेटले हराएको थियो ।

नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा छ विकेट गुमाएर एक ५४ रनमै समेटिन पुग्यो ।

कतारका लागि मुहम्मद तनभिरले सर्वाधिक ५१ तथा कप्तान मिर्जा बेगले ४० रनको योगदान दिएका थिए ।

नेपालका करण केसी एकैले तीन, नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक-एक विकेट लिए ।

कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ७० रनको राम्रो योगफल बनाउन सफल भएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रनको योगदान दिए । यस्तै ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए ।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले दुई-दुई विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले समान एक-एक विकेट लिएका थिए ।

टी-२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ । प्रतियोगितामा भाग लिन नेपाली टोली ओमान पुगिसकेको छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी छन् । यो टोलीमा साहब आलम भने परेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ