arrow

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैङ्कको आग्रह

logo
एजेन्सी,
प्रकाशित २०८२ असोज २१ मंगलबार
nic-asia-logo-2081-red.jpg
तस्बिर : फाइल

काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई आफ्नो बैङ्क खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैङ्कका अनुसार “आयकर ऐन, २०५८” बमोजिम ग्राहकका खाताबाट कट्टी गरिएको कर विवरण नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालनमा रहेको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य गरिएको हो।

ग्राहकहरूले panupdate.nicasiabank.com पोर्टलमा गई वा एनआईसी एशिया मोबाइल बैङ्किङ एप (MoBank) मा रहेको “प्यान अद्यावधिक” विकल्प प्रयोग गरी आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, इच्छुक ग्राहकहरूले बैङ्कको कुनै पनि शाखा कार्यालयमा पुगेर पनि आवश्यक फारम भरी प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

बैङ्कका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई इलेकट्रोनिक स्रोत कर (E-TDS) रेकर्डमा समावेश गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि ग्राहकको कर कट्टी विवरण स्वतः प्रणालीमा मिलान हुने र यसले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र लिन सहजता प्रदान गर्ने बैङ्कले जनाएको छ। यसबाट ग्राहकहरूलाई प्रमाणपत्र लिनका लागि बैङ्कसम्म धाउनुपर्ने झन्झटको अन्त्य हुने बैङ्कको विश्वास छ।

बैङ्कले ग्राहकहरूलाई सचेत गराउँदै भनेको छ कि प्यान अद्यावधिक नगराइएका खातामा E-TDS प्रणालीमार्फत ब्याज कर विवरण प्रविष्ट नहुने र त्यस सम्बन्धी कुनै समायोजनमा बैङ्क जिम्मेवार नहुने छ। साथै, पहिले नै प्यान उपलब्ध गराए पनि कर विवरण समावेश नभएको अवस्थामा ग्राहकहरूले नजिकको शाखा वा बैङ्कको ग्राहक सेवा केन्द्र (फोन नम्बर १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ